सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा तीन वर्ष खेर गयो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको राजनीतिक नेतृत्व सम्हालिन नसक्दा बिभिन्न आन्दोलन पछि उपलव्ध भएको परिवर्तन गुम्ने खतरा रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औं महाधिवेशन उद्घाटन गर्दै थापाले २००७ र २०७४ सालको उपलब्धि खेर गएको र पछिल्लो आन्दोलनपछि प्राप्त नयाँ उपलब्धि खेर जाने खतरा पैदा भएको बताएका हुन्
। थापाले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सांसद थापाले भने, ु २०६२ सालमा आन्दोलन भयो । त्यसमा हामी सहभागी भएर आएका छौं । १०–१२ वर्ष राजनीतिक संक्रमणको चरणमा गयो । व्यवस्थापनमा गयो । २०७४ सालमा चुनाव भयो । हामी हार्‍यौं । एउटा राजनीतिक दल चुनाव कहिले जित्छ कहिले हार्छ कुनै ठूलो कुरा भएन । तर लामो समयको अनुभव पछाडि संविधान ल्याएर नयाँ चरणमा प्रवेश गर्‍यौं भनेपछि फेरि नेपालले अर्को मौका पाएको फेरि २०७४ सालबाट एउटा सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा तीन वर्ष खेर गयो ।ु

थापाले देश विकासका लागि कम राजनीतिक दल र बलियो प्रधानमन्त्री चाहिन्छ भन्ने भनाइ गलत सावित भएको समेत बताए ।

राजनीतिक नेतृत्व कमजोर हुँदा मुलुकलाई पुरानै अवस्थामा फर्काउन खोज्ने शक्तिहरु सलबलाउन थालेको उनले बताएका छन् । उनले यसअघिको सरकार र वर्तमान सरकारले नागरिकले खोजेजस्तो गति पक्रन नसकेको धारणा पनि राखे । अहिलको निर्वाचन प्रणालीबाट एउटै दलको बहुमत नआउने अवस्था हुनसक्ने भन्दै सवै दल मिलेर बन्ने सरकारले मुलुकको आवश्यकतामा ध्यान दिनुपर्ने उनको भनाई छ ।