बेलायतका प्रधानमन्त्री कार्यालयमा पेगासस स्पाईवेयर आक्रमण

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको कार्यालयमा पेगासस स्पाईवेयर आक्रमण गरिएको खुलासा भएको छ ।प्रविधि संस्था सिटिजन ल्याबले सार्वजनिक गरेको प्रतिवेदनमा जोनसनको कार्यालयाई पटकपटक स्पाईवेयर आक्रमण गरिएको उल्लेख छ । यी आक्रमणहरू संयुक्त अरब अमिरातले गराएको सिटिजन ल्याबले आशंका गरेको छ ।

सन् २०२० र २०२१ मा इजरायलको एनएसओ ग्रुपको विवादास्पद पेगासस सफ्टवेयर उपयोग गरी जोनसनको कार्यालयमा आक्रमण गरिएको सोमवार उनलाई बताइएको छ ।

‘प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीट अनि परराष्ट्र मन्त्रालयमा पेगासस स्पाईवेयरका इन्फेक्सनको कैयौं घटना भएको हामीले पत्ता लगाएका छौं र बेलायत सरकारलाई खबर पनि गरेका छौं,’ सिटिजन ग्रुपले बयान जारी गरेर जानकारी दियो ।

सम्बन्धित समाचार