सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने तयारीमा

पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले एमाले प्रवेश गर्ने तयारी गरेका छन् । खनाललाई एमाले प्रवेश गराउन विभिन्न चरणमा छलफल समेत भइसकेको छ ।

एमालेको १० औं महाधिवेशन नजिकिँदै गर्दा खनाल एमाले प्रवेश गर्न लागेका हुन् । खनाललाई एमाले प्रवेश गराउनेबारे छलफल भइरहेको एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले बताए ।

उनका अनुसार ९ कात्तिकको पालिका अधिवेशनपछि खनाललाई स्वागत गरिनेछ । ९ कात्तिकमा एमालेले ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ ।