नेपालमा आइतबार थप १ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ८० पिसिआर परीक्षणका क्रममा १ सय ४१ जना र ३ सय ५३ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाख ९ हजार ३ सय ७५ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ सय ६३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९५ हजार ३ सय ९७ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ७ सय १३ सक्रिय सङ्क्रमित आइसोलेसन र १ सय १२ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।