लुम्बिनीका दुई स्वतन्त्र सांसदको २४ घण्टा नबित्दै बोली फेरियो

पोखरेललाई नै समर्थन भन्दै एमालेमै फर्किए

लुम्बिनी प्रदेशमा सूर्य चिन्हबाट चुनाव जितेका दुई स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै रहने प्रतिबद्धता जनाएका छन् । आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई छाडेर विपक्षी दलहरुको गठबन्धनको उम्मेदवार कुलप्रसाद केसीको दाबीमा हस्ताक्षर गरेका उनीहरुले सोमबार एमालेमै प्रतिबद्ध रहने स्पष्ट पारेका छन् ।

कपिलवस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमबार एक संयुक्त विज्ञप्ति निकाल्दै आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका हुन् ।

‘२०७४ मंसिरमा सम्पन्न प्रदेशसभाको चुनावमा हामी सूर्यचिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हौं,’ संयुक्त जारी विज्ञप्तिमा भनिएको छ, ‘सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध छौं । नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध हुनु कानूनी र राजनैतिक रूपमा स्वाभाविक विषय हो ।’

उनीहरुले कुल प्रसाद केसीलगायतले सरकार गठनका सन्दर्भमा गरेको दावीमा आफूहरुको हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण रहेको पनि बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार