नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक आजबाट सुरु भएको छ । आइतबारसम्म चल्ने बैठक ललितपुरस्थित हेरिटेज पार्टी प्यालेसमा सुरु भएको हो।

बैठकमा आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ भने संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट मन्त्री बनेकासँग जानकारी लिइने छ ।

त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुनेछ ।

आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ । शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो ।