आइएमईले पर्वलक्षित ‘डबलको डबलको डबल’ अफरअन्तर्गतको भाग्यशाली विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राही जिभेस दाहलले बम्पर उपहार जितेका छन् ।
बिहीबार काठमाण्डौमा आयोजित विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो ।दोलखा घर भइ हाल युएईमा कार्यरत दाहलले पठाएको रकमको ८ गुणा रकम पाएको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
दाहलले अल अहलिया एक्सचेन्जबाट आइएमई गरी एक लाख ५६ हजार ५५८ रुपैयाँ रकम नेपाल पठाएका थिए । उपहार मार्फत उनले उक्त रकमको आठ गुणा अर्थात् १२ लाख ५२ हजार ६४ रुपैयाँ प्राप्त गरेका हुन् ।
विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम दिन सकिने कम्पनीले जनाएको छ ।
अध्यक्ष ढकालले विजेतालाई शुभकामना दिँदै ग्राहकको विश्वासका कारण आइएमई सबैमाझ पचिरित रेमिट्यान्स कम्पनी भएको बताए ।
यस्तै आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले ग्राहकको सहजताको लागि डिजिटल रेमिट्यान्सका लागि कम्पनीले काम गरिरहेको बताए ।
आइएमईले दसैँ, तिहार पर्वको अवसरमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको थियो । भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म चलेको अफरमा विश्वभरका नेपाली सहभागी भएको कम्पनीले जनाएको छ ।