एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।
केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए ।
रावलनिकट नेता झपट रावल पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । सचिवमा हारेका भीम आर्चा १३९३ मत ल्याउँदै केन्द्रीय सदस्य बनेका छन् । सचिवमै पराजित टंक कार्कीले भने केन्द्रीय सदस्य गुमाए उनले ९०५ भोट ल्याए ।
रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिएका छन् ।















