भारतमा भूकम्पको धक्का महसुस

काठमाडौं । भारतको गुजरातस्थित गिर सोमनाथ जिल्लाको एउटा गाउँमा सोमबार बिहान ४ र ३.२ तीब्रताको दुई झट्का महसुुस गरिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । जिल्ला प्रशासनले हताहती र जनधनको क्षतीको खबर नआएको जानकारी दिएको छ ।

वेरावलबाट २५ किलोमिटर टाढास्थित तलाला गाउँमा आएको यी झट्का पछि मानिस निद्राबाट ब्यूँझिएको र घरबाट बाहिर निस्किएको स्रोतले बताएको छ ।

गान्धीनगरको इन्स्टिच्युट अफ सिस्मोलोजिकल रिसर्चले ४।० तीब्रताको पहिलो भूकम्प बिहान ६.५८ बजे आएको थियो जसको केन्द्र तलाल गाउँबाट १३ किलोमिटर उत्तर–पूर्वोत्तरमा थियो ।

सम्बन्धित समाचार