प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश–३ का प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सम्झौता कार्यक्रममा विशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघरसम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो ।
स्तनसम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा. अनु बज्राचार्यले चेतना मुलक सन्देश प्रस्तुत गरेकी थिइन् ।
समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो ।