काठमाडौं । अलजजीरामा काम गर्ने पत्रकार शिरीन अबु अक्लेह पश्चिमी किनाराको जेनिन शहरमा इजरायली सेनाले गोली हानी हत्या गरेका छन् । प्यालेस्टाइनी–अमेरिकी पत्रकार अक्लेहको मृत्यु बुधवार बिहान भएको हो । सशस्त्र प्यालेस्टाइनीहरू तथा इजरायल डिफेन्स फोर्सका सैनिकहरूबीच भिडन्त हुँदा उनी मारिएकी हुन् ।
उनको टाउकोमा गोली लागेको थियो भने अर्को पत्रकार अली सामूदीको ढाडमा गोली लागेको थियो । कुद्स पत्रिकाका सामूदीको स्वास्थ्य स्थिर छ ।इजरायली सैनिकहरूले अक्लेहको हत्या गरेको आरोप प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले लगाएका छन् ।
इजरायलका विभिन्न शहरमा आतंकवादी आक्रमण भएपछि इजरायली सैनिकहरूले पश्चिमी किनारमा गश्ती कारवाही बढाएका छन् ।