प्रभु बैंक र मुस्ताङका ११ होटल तथा रेस्टुराँबीच छुट सम्झौता 

प्रभु बैंकसँग मुस्ताङमा रहेका ११ होटल तथा रेस्टुराँले ग्राहकलाई विभिन्न सेवामा विशेष छुट दिने सम्झौता गरेका छन् ।

सम्झौतामा विभिन्न ११ होटल सञ्चालक र प्रभु बैंकका जोमसोम क्लस्टर प्रमुख÷शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखा प्रमुखले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा–सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताबमोजिम ग्राहक तथा बैंक कर्मचारीले लागि आवास तथा खानामा १० प्रतिशतसम्म छुट पाउनेछन्। हाल बैंकले ३०७ शाखा, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।