कास्कीको फेवातालको स्रोतका रुपमा रहेको हर्पन खोलामा बेपत्ता बाग्लुङका सुकबहादुर मगरलाई प्रहरीले मृत अवस्थामा भेटिएका छ।
बाग्लुङ स्थायी घर भई हाल पोखरा–१८ बस्दै आएका ३१ वर्षका सुकबहादुर मगर साथीसंग माछा मार्न गएका बेला बुधबार दिउँसो बेपत्ता भएका थिए।
मगर बेपत्ता भएको सूचना पाउनसाथ सशस्त्र प्रहरीको फेवातालमा तैनाथ गोताखोर टोलीले उनको उनको शव फेला पारेको कालिकागण कास्कीका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए।
उद्धारपछि मगरको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ।