कर्णाली प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी विनोदकुमार शाहलाई तोकिएको छ । बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव पेसमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव तोक्ने निर्णय समेत गरेको छ ।
यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्ताब पेसमा खोटो संकलन कार्यविधि, २०८१ स्वीकृति गर्ने निर्णय भएको छ ।
पर्यटन मन्त्रालयकै प्रस्ताबमा प्रदेश व्यापार व्यवसाय (दर्ता तथा सञ्चालन) नियमावली, २०८० को दोस्रो संशोधन नियमावली, २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ ।














