कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३५ हजार घुस लिएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
सर्वेक्षक तेलीले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ ।
विशेष सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सर्वेक्षक गुप्तालाई सेवाग्राहीबाट ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।
अख्तियारले तेलीलाई ३५ हजार नै बिगो कायम गरी जरिवानासमेत गर्न माग गरेको छ ।