सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले टेस्लामा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने छन् । यसबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ ।
बैंकले १९३ शाखा, १५६ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ ।