श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु

कपिलवस्तुमा श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको छ ।

महाराजगन्ज नगरपालिका–३ गनवरियामा लु ६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीया किसलावती ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर किसलावती गम्भीर घाइते भएकी थिइन् । घाइते किसलावतीको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।