सिन्धुपाल्चोकमा भूकम्पको धक्का 

Image

सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान १ः२८ बजे हेलम्बु आसपास केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

२०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए । भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

२०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसको एक कारणमा भूकम्पका कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविदहरु गर्दछन् ।