भारतको कश्मीरको सडकमा खानेकुरा पसल थापिरहेका एक व्यक्तिको तस्बिरले एउटा ठूलो परिकार फोटोग्राफी अवार्ड जितेको छ।सो तस्बिरका लागि देवदत्त चक्रवर्तीले पिङ्क लेडी फुट फोटोग्राफर अफ द इएर २०२२ उपाधि हात पारेका छन्।
भारतीय फोटोग्राफरले सो तस्बिर श्रीनगरको व्यस्त सडकमा राति खिचेका थिए। परिकारसम्बन्धी फोटो प्रतियोगितामा ६० देशका फोटोग्राफरले हजारौँ तस्बिर पठाएका थिए।