आज यी पाँच प्रदेशमा हुँदैछ भारी वर्षा, सतर्कता अपनाउन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

यतिबेला (आइतबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने अनुमान छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा राति धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।