प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
आइतबार दिउँसो ३ बजे बस्ने बैठकमा अर्थसम्बन्धि ३ वटा विधयेकमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आर्थिक विधेयक, २०८१ माथि छलफल गरी प्राप्त संशोधन निर्णायार्थ पेश गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ दफावार छलफलका लागि पेश गर्नेछन् ।
