कृषि मन्त्रालयमा कर्मचारीको धर्ना

कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक कर्मचारीले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्ना दिएका छन् ।

कृषि मन्त्रालयमा समायोजित राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक कर्मचारीले आफ्नो वृत्तिविकास रोकिएको भन्दै दरबन्दी यकिन गर्न मागसहित धर्ना दिएका हुन् ।

आफूहरू सांकेतिक विरोधस्वरूप धर्नामा बसेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्लानिङ अफिसरका रूपमा कार्यरत राजपत्रांकित तृतीय श्रेणीका अधिकृत माधव पौडेलले बताए ।

चालु आर्थिक वर्षको अन्तिम समय भएकाले आफूहरूले काम नगर्दा सरकारलाई दबाब सिर्जना हुने उनीहरूको जिकिर छ । माग सम्बोधन गर्ने पहल नगरिए आन्दोलनलाई अझै सशक्त बनाउने उनीहरूले चेतावनी दिएका छन् ।