प्रदिप पौडेलको प्रश्नमा रविले भने- अदालतमा विचाराधीन विषयमा म केही बोल्दिनँ

नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले गृहमन्त्री रवि लामिछानेको पासपोर्टका सन्दर्भको विषयमा आफू यतिबेला केही नबोल्ने बताएका छन् ।

सोमबारको संसदमा कांग्रेस सांसद् पौडेलले गरेको प्रश्नमा गृहमन्त्री लामिछानेले अदालतमा विचाराधीन विषयमा आफू केही नबोल्ने प्रतिक्रिया दिएका हुन् ।

कांग्रेस सांसद् पौडेलले महान्यायाधीवक्ता दिनमणी पोख्रोलले उप्रप्रधान एवम् गृहमन्त्री लामिछानेलाई सहकारी प्रकरणमा दिएको ‘क्लिन चिट’को सन्दर्भ जोड्दै यो पनि त्यस्तै हुने हो ? भनी प्रश्न गरेका हुन् ।

‘गृहमन्त्री रवि लामिछानेको पासपोर्ट सम्बन्धमा महान्यायाधीवक्ताले गरेको निर्णयका सम्बन्धमा सरकारको के धारणा छ ? साथै पछिल्लोपल्ट सहकारी प्रकरणमा सोही कार्यालयले क्लिन चिट दिने संवैधानिक र कानुनी प्रावधान कहाँ के कस्तो छ ? छैन भने महान्यायाधीवक्तालाई पदीय आचारण विपरीत कार्य गरेको अभियोगमा कारवाही किन नगर्ने ?’ उनले भने,’ गृहमन्त्री लामिछानेको जवाफ: यो विषय अदालतमा विचाराधीन छ । अदालतमा विचाराधीन मुद्दाबारे सम्सदमा बोल्न उपयुक्त नहोला ।’

यसमा रविले अदालतमा विचाराधीन विषयमा आफू केही नबोल्ने प्रतिक्रिया दिएका हुन् ।