नक्कली सुनको मूर्ति विक्री गरेर ३० लाख ठगेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई पक्राउ गरेको हो ।
कागेश्वरी मनोहरामा सोफ पसल गरी बस्ने ३१ वर्षे दिनेश न्यौपाने, भारतको उडिसा घर भइ कमलपोखरीमा बस्ने ४० वर्षे कलाकार दासले नक्कली मूर्ति देखाइ ३० लाख ठगेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दाससँगै म्याग्दीका ६४ वर्षे क्षेत्रबहादुर शाही, धादिङका ३८ वर्षे दिपक थापा, दाङका ३५ वर्षे वसन्त चौधरी र काठमाडौँ चौमती बस्ने ५५ वर्षे रविन महर्जन रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट नक्कली सुनको बुद्धको मूर्ति र १४ लाख बरामद भएको जानकारी दिएको छ।