काभ्रेपलाञ्चोकको बनेपा ८ स्थित वाँख्योटोलमा रहेको युनिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका छन् ।
उनीहरुविरुद्ध ३० जना बचतकर्ताले ठगी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
बचतकर्ताले २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगीको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । दुवै जनालाई प्रहरीले सोमबार बनेपा ८ बाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।