नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका पूर्व सदस्य जितेन्द्र नारायण देव एमालेमा प्रवेश गरेका छन् ।
आज (सोमबार) एमाले मुख्यालय च्यासलमा आयोजित एक समारोहबीच देवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।
सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भए । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथमा गए ।
कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भएका देवको कार्यकाल २० फागुन २०८० मा सकिएको थियो ।