सत्ताको प्रमुख घटक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सत्ता गठबन्धन भत्किने हल्लामात्र भएको दाबी गरेका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले सरकार फेरिने हल्लामात्र भएको र यसमा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।
उनले भने, ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’
कांग्रेस र एमालेबीच संविधान संशोधनलगायत एजेन्डमा सहमति गरेर नयाँ सरकार बनाउने गृहकार्य चलिरहेको छ । यता आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कोशिश गरिरहेका छन् ।
गृहमन्त्री लामिछानेले शीर्ष नेताहरूबीचको भेटघाट समान्य भेटघाटको रूपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताए ।














