जसपा नेपालले एमाले-कांग्रेसको सरकारलाई समर्थन गर्ने

जनमत समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेस र एमाले गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने बताएका छन् ।

उनले कांग्रेस-एमाले गठबन्धनको सरकारमा जाने नजाने भने पार्टीको बैठकबाट टुंगो लाग्ने बताए । उनले भने, ‘पछिल्लो घटनाक्रमलाई पार्टीले सकारात्मक रुपमा लिएको छ । हामीले नयाँ सरकारलाई समर्थन गर्नेछौं ।’

यद्यपि, नयाँ सत्ता सहकार्यको विषयमा गाइँगुइँ कुरा भएपनि आफूहरूसँग औपचारिक रूपमा छलफल भने नभएको उनले बताए । प्रचण्डले सत्ता जोगाउन आफ्नो पार्टी फुटाइदिएको भन्दै उपेन्द्रले असन्तुष्टि पोख्दै आएका छन् ।

उनले भने, ‘हामीसँग छलफल नभएपनि हाम्रो समर्थन, सहयोग र साथ रहन्छ ।’