शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिअर काउन्सेलिङका लागि वेबसाइट सार्वजनिक गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको वेबसाइटमा वृत्ति विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहको लागि छुट्टाछुट्टै ट्याबमा राखिएको छ । उक्त वेबसाइटमा करिअरका कुरा, प्रेरणादायी कथा, ई-लर्निङ राखिएका छन् ।
‘जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भन्ने निकै जटिल प्रश्न हो, यस्तो घडीमा विद्यार्थीलाई आफ्नो रुचीअनुसारको विद्यालय, क्याम्पस र विश्वविद्यालय छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेशाबारे थाहा दिन मद्दत गर्नेछौँ, आशा छ आफ्नो वृत्ति मार्ग निर्धारण गर्न यहाँलाई प्रेरणा मिल्नेछ,’ वेबसाइटमा उल्लेख छ ।
शिक्षामन्त्री सुमना श्रेष्ठ आफैँले करिअरका कुरा कार्यक्रम चलाउँदै आएका थिए ।