राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमा जारी छ । बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो ।
बैठकमा रास्वपा महामन्त्री मुलुक ढकाल मुखमा टेप टाँसेर सहभागी भएका छन् । स्रोतले दिएको जानकारीअनुसार उनले बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा टेप टाँसेर बसेका हुन् ।
रास्वपामा उनले ३२ पृष्ठको प्रतिवेदन सभापतिलाई बुझाएका छन् । उनले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरेका थिए । तर सभापति रवि लामिछानेले सुनावाइ नगरेको उनको आरोप छ ।
नेकपा एमालेले वर्तमान सत्ता गठबन्धन तोडेर प्रमुख प्रतिपक्षी दलसँग सत्ता सहकार्य गर्ने निर्णय गरेपछि सत्तारुढ रास्वपा छलफलमा जुटेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रहेको रास्वपाले नयाँ बनेको कांग्रेस–एमाले गठबन्धनको सरकारमा सामेल नहुने यसअघि नै बताइसकेको छ । यद्यपि औपचारिक निर्णय आउन बाँकी छ ।