पोखरामा एटीएम मेसिन फोड्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार बिहान साढे २ बजेतिर पोखरा ५, जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी रकम निकाल्न खोज्ने युवकलाई प्रहरीले तत्काल पक्राउ गरेको हो ।
ती युवक धादिङ जिल्ला सिद्धलेख गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरीको उद्योगमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।