श्रीलङ्काको अनुसन्धान एजेन्सी आपराधिक अनुसन्धान विभाग (सीआईडी) ले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग तीन घण्टा सोधपुछ गरेको छ । उनलाई मंगलबार साँझ कोलम्बोस्थित उनको निवासमा सोधपुछ गरिएको थियो ।
महिन्दा राजापाक्षेको राजीनामापछि उनका समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच हिंसात्मक झडप भयो, जसमा १० जनाको ज्यान गएको थियो भने २०० जना घाइते भएका थिए । यस मामिलामा सीआईडीले महिन्दा राजापाक्षेलाई सोधपुछ गरेको छ ।
श्रीलङ्कामा बढ्दो मुद्रास्फीति, तेल र खाद्यान्नको अभाव र कमजोर आर्थिक अवस्थाको विरोधमा सरकार विरोधी प्रदर्शन भइरहेका छन् ।