टेक्सास गोलीकाण्डमा मारिएकी शिक्षिकाका पतिको ‘शोकले’ मृत्यु

टेक्सासको उभाल्डेमा मंगलबार भएको सामूहिक गोलीकाण्डमा मारिएका एक शिक्षिकाका श्रीमानको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । जो गार्सिया इर्मा गार्सियाका पति थिए । इर्माले उक्त रोब इलिमेन्टरी स्कूलमा विगत २३ वर्षदेखि अध्यापन गराइरहेकी थिइन् ।

एक किशोर बन्दुकधारीले गोली चलाउँदा १९ बालबालिका सहित २१ जनाको ज्यान गएको उक्त घटनामा दुई शिक्षकसमेत मारिएका थिए, जसमध्ये एक गार्सिया पनि थिइन् ।

२४ वर्षदेखि विवाह बन्धनमा बाँधिएका यी दम्पतीका चार सन्तान छन् । बिहीबार रातिसम्म, गार्सिया परिवारको लागि अनलाइन कोष संकलनमा १.६ मिलियन डलर जम्मा भइसकेको थियो । सुरुमा १० हजार डलर रकम संकलन गर्ने उद्देश्य राखिएको थियो ।

सम्बन्धित समाचार