राजनीतिक कमेडी चलचित्र ‘तैँ चुप मै चुप’ बन्ने भएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरिएको हो ।
घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्ममा मनीष गौतमको कथा रहेको छ । चलचित्र काठमाडौँ र पोखरामा सुटिङ हुने बताइएको छ ।
पोलिटिकल सस्पेन्स कथा रहेको चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी शैलीमा प्रस्तुत गरिने निर्देशक लामिछानेले बताए ।
हाल चलचित्रका लागी कलाकार छनोटको काम भइरहेको छ ।
चलचित्रमा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने चलचित्रको सम्पूर्ण मार्केटिङ र ब्रान्डिङ आइडिया पिक्सेलका तर्फबाट पवन राज जोशीले गर्नेछन् । यो फिल्म यसै वर्ष रिलिज गर्ने योजना छ ।