नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्ने ध्यानाकर्षण गराएको छ ।
महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न सुझाव दिएका हुन् ।
‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ’, महासचिव पोखरेलले विज्ञप्तिमा भनेका छन् ।
कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको पनि एमालेले उल्लेख गरेको छ ।
