स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।

युगाण्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री दाहाल आज बिहान स्वदेश आइपुगेका हुन् ।

युगाण्डाबाट नेपाली समयानुसार आज बिहान पौने ३ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री बिहान सवा ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल गत बुधबार युगाण्डाको राजधानी कम्पाला पुगेका थिए ।युगाण्डाबाट नेपाली समयानुसार आज बिहान पौने ३ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री बिहान सवा ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल गत बुधबार युगाण्डाको राजधानी कम्पाला पुगेका थिए ।