सरकारले आर्थिक वर्ष २०७९/०८० बाट सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क दिने भएको छ ।
त्यस्तै दीर्घरोगीहरुका लागि गत वर्ष घोषणा गरेको औषधाेपचार खर्चलाई निरन्तरता दिने सरकारको तयारी छ ।
दीर्घरोगीका लागि रकम वितरण गर्न १ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ ।
प्रत्येक बिरामीले उक्त रकम ५ हजार रुपैयाँको दरले प्राप्त गर्नेछन् ।