अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे जानकारी दिएका हुन् । बाइडेन प्रशासनले अत्याधुनिक लामो दुरीको रकेट किभ पठाउने समाचार प्रकाशित भएपछि अमेरिकी राष्ट्रपतिले सो कुराको खण्डन गरेका हुन् ।
युक्रेनका अधिकारीहरुले ‘मल्टिपल लञ्च रकेट सिस्टम’ ९एमएलआरएस० नाम गरेको लामो दुरीको रेकट माग गरेका छन् । यसबाट सयौँ किलोमिटर लामो दुरीसम्म एकैपटक थुप्रै रकेट प्रहार गर्न सकिन्छ । सीएनएन र वासिङटन पोष्टले शुक्रबार बाइडेन प्रशासनले एमएलआरएस र हाइ मोबिलिटी रकेट सिस्टम ९एचआईएमएआरएस० युक्रेन पठाउने तयारी गरिरहेको समाचार प्रकाशन गरेको थियो ।