अमेरिकाको एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारणको मृत्यु भएको छ । ओक्लाहोमा राज्यको टुलसास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त गोलीकाण्डमा कैयौँ घाइते भएको पनि प्रहरी अधिकारीहरूले जनाएका छन् । बुधबार एउटा एउटा पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपप्रमुख एरिक डालग्लिशले चारजना सर्वसाधारण र एक आक्रमणकारी मारिएको जानकारी दिएको बीबीसीमा उल्लेख छ ।
उनका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउने काम भइरहेको छ । प्रहरीहरू मेडिकल क्याम्पस पुग्दा केही मानिसहरूलाई गोली लागेको देखिएको थियो भने केहीको मृत्यु नै भइसकेको थियो । आक्रमण किन र कसरी भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।