अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार चावहिलस्थित एक हस्पिटलको एचडीयुमा मृत्यु भएको हो ।
सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । अक्सिजन लेभल अत्यन्त कम भएपछि उनलाई केहि दिन अघि अस्पताल भर्ना गरिएको थियो । सापकोटाको मृत्यु भएको फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
‘मेरो चलचित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको कोभिडको कारणले निधन भएको खबर सुनेर स्तब्ध भएको छु । अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ । तर, सत्यको अगाडि कसैको केही लाग्दैन’ पराजुलीले अगाडि लेखेका छन् ‘श्वेतालाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् ।’
अभिनेत्री श्वेताले रिदम, ब्ल्याकमेल, प्रोड्यूसरलगायत करिव आधादर्जन बढी चलचित्र अभिनय गरेकी छन् । विवाहपछि भने उनी अभिनयबाट टाढा भएकी थिइन् । उनीहरुको एक सन्तान पनि छन् ।