जी–बब र परिवारबीच ३ बुँदे समहति

र्‍यापर सुदिप भण्डारी (जी बब), उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको छ । सहमति अनुसार भण्डारीलाई केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा अन्य व्यक्ति सरह नै राखिने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा उनीहरुबीच तीन बुँदे सहमति भएको हो ।साथै, कुनै प्रकारको कार्यक्रममा भाग लिनु परेमा आमा बुबाको सहमति लिनुपर्ने पनि भनिएको छ ।

‘केही समयको लागि नीजले चाहेको समयमा आमा बुबालाई भेट गराउने ब्यवस्था समर्पण समाज नेपाल, कपनले मिलाउने’ सहमतिको दोस्रो बुँदामा भनिएको छ ।यसअघि जी–बबले आमाबुबाविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका थिए । आमाबुबाले पनि उनलाई बन्धक बनाइएको भन्दै उजुरी दिएका थिए ।

सम्बन्धित समाचार