मंकीपक्सको विषयमा छलफल गर्न डब्ल्यूएचओको आपतकालीन बैठक बस्दै

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा हालसालै देखिएको मंकीपक्स भाईरस संक्रमणको अवस्था निकै असामान्य र चिन्ताजनक रहेको बताएको छ । संगठनका महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयससले यस विषयमा छलफलका लागि आगामी हप्ता आपतकालीन समितिको बैठक बाेलाएका छन्।

सो बैठकमा मंकीपक्स भाईरस संक्रमण अन्तर्राष्ट्रिय सार्वजनिक चिन्ताको विषय हुन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल हुने बताइएको छ । हालसम्म ३९ देशमा फेला परेको मंकीपक्स १६ सय भन्दा बढीमा पुष्टि भईसकेको छ भने १५ सय बढीमा संक्रमणको आशंका गरिएको डब्ल्युएचओले जनाएको छ ।

यसरी तीब्र रुपमा संक्रमण फैलनुको मुख्य कारण शारीरिक सम्बन्ध नै रहेको दावी गरिएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससका अनुसार ३९ देशमध्ये ७ देशमा वर्षौदेखि भाईरस संक्रमण देखा पर्दै आईरहेको छ भने ३२ देशमा पहिलो पटक संक्रमण फेला परेको हो ।

यद्यपी पहिलो पटक संक्रमण देखा परेको देशमा हालसम्म कसैको मृत्यु नभएको जनाइएको छ । यसैबीच बेलायतमा करिब ५ सय जनामा मंकीपक्स संक्रमण पुष्टि भएको छ । बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार अधिकांश समलैगिंक पुरुषहरु यसको चपेटामा आएको पाइएको छ । हालसम्म ९९ प्रतिश संक्रमण पुरुषमा देखिएको छ ।

सम्बन्धित समाचार