नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा नदिने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद समेत रहेका लेखकले पीडामा भएको मान्छेमाथि टिप्पणी गर्दा ज्यादा पीडित हुने भन्दै त्यतातिर नलाग्ने बताए ।
‘अधिकांश कुरामा मेरो असहमति छ । म कमसेकम आज प्रधानमन्त्रीजीले राख्नुभएको खण्डन, प्रतिवाद केही गर्ने वाला छैन । यसले थप कटुता उत्पन्न गर्छ । हाम्रो समाजले पीडामा भएको कुनैपनि मानिसका माथि थप टिप्पणी गर्नु भनेको ज्यादा पीडित गर्नु भएकाले त्यताति जान चाहन्न,’ उनले भने ।