रुखबाट लडेर १२ बर्षीया बालिकाको मृत्यु

दाङमा रूखबाट लडेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका-४ को १२ वर्षीया सुवर्ण खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

उनी बिहीबार बेलुका ६ बजेतिर घरनजिकैको जामुन रूखमा चढ्दा लडेर घाइते भएकी थिइन्। उपचारका लागि उनलाई राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको पनि साँझ ८ बजेतिर अस्पतालले मृत घोषित गरिदिएको हो ।