संसद्बाट विश्वासको मत गुमाएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै खुमलटार गएका छन् ।
प्रधानमन्त्री प्रचण्ड शीतलनिवासबाट बालुवाटार नगइ सिधै खुमलटारस्थित नीजि निवास गएका हुन् ।
राष्ट्रपतिलाई प्रचण्डले आज दिनभरको संसद् बैठक र आफूले विश्वास गुमाएकोबारे रिपोर्टिङ गरेका थिए ।
उनलाई खुमलटारमा स्थानीय संघसंस्थाका प्रतिनिधिले स्वागत गरेको सचिवालयले जनाएको छ ।