स्वर्णिमको सचिवालयबाट कुट्ने धम्की आएको मुकुलको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुकुल ढकालले स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको बताएका छन् ।

शनिबार राति वाग्लेको सचिवालयबाट फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएपछि आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको दाबी मुकुलले गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले भनेका छन्, “स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन् । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’… लगायत अनेक भनेका छन् ।”

उनले हिजो राति नै इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको बताएका छन् ।