अफगानिस्तानमा भूकम्प : ज्यान गुमाउनेको संख्या ९५० पुग्यो

काठमाडौं । अफगानिस्तानमा मंगलबार राती आएको ६.१ म्याग्नेच्युडको भूकम्पमा परी लगभग हजार जनाको मृत्यु भएको इन्डिपेन्डेन्टले बताएको छ ।
अफगानिस्तानको पक्तिता प्रान्तमा भूकम्प गएको हो । त्यहाँको विपद् व्यवस्थापनले मृतकको संख्या परिमार्जन गर्दै ९५० पुगेको जानकारी दिएको छ । यस्तै लगभग ६ सय घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार