सिन्धुपाल्चोकमा बाढीमा पसेका ९ जनाको सकुशल उद्धार

सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीको जोखिममा परेका ९ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

आज बिहान २ बजे आएको अविरल वर्षापछि बाह्रबिसे नगरपालिका- ३ खादलस्थित ठाडो खोलामा ठूलो बाढी आएको थियो । त्यो बाढी बस्तीमा पस्दा जोखिममा परेका ९ जना स्थानीयको उद्धार गरिएको हो ।

उनीहरुलाई सकुशल उद्धार गरी नेपाली सेनाको बाह्रबिसे सुरक्षा बेसमा राखिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।