यस्तो बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् ।
प्रमुख सत्ता साझेदार कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको हो । साना पार्टी जसपा र लोसपाले मात्र सरकारमा स्थान पाएका छन् । नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतले ओली सरकारमा स्थान पाएनन् । २५ सदस्यीय मन्त्रिपरिषदमा अब ३ जना राज्यमन्त्री मात्र नियुक्त हुन बाँकी छ ।

यी हुन् प्रधानमन्त्रीसहितका मन्त्री:
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्रालय
३. विष्णु पौडेल उपप्रधान तथा अर्थ
४.पृथ्वीसुब्बा गुरुङ, सूचना प्रविधि तथा सञ्चार मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरदसिंह भण्डारी, श्रम रोेजगार मन्त्रालय
७. आरजु राणा, परराष्ट्र मन्त्रालय
८. प्रदीप यादव, खानेपानी मन्त्रालय
९. बलराम अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य
११. नवलकिशोर साह सुडी, महिला बालबाबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
१२. देबेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१३. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१४. प्रदीप पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
१६. बद्री पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय
१७. रामनाथ अधिकारी, कृषि मन्त्रालय
१८. विद्या भट्टराई, शिक्षा मन्त्रालय
१९. मानवीर राई, रक्षा मन्त्रालय
२०. दीपक खड्का, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
२२. एनेबहादुर शाही, वन तथा वातावरण मन्त्रालय