उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।
पौडेल सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन् । उनलाई कर्मचारीले स्वागत गरेका थिए । कार्यभार सम्हाल्दै मन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेका छन् ।
यससँगै अब ब्लेन्डेड फाइन्यान्स, ग्रीन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले त्यस्तो स्रोत लिन सहज हुनेछ ।
ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ । उनले अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउँदै भने, ‘अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको थियो । नयाँ गठबन्धन आएपछि अब स्थिरता हुनेछ ।’
उनले विगतमा जनताको आत्मविश्वास समेत टुटेको पाइएको बताए । अब भने निरासा चिर्ने र आशा जगाउने काम हुनेमा उनले प्रतिबद्धता जनाए । मन्त्री पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनका रूपमा बुझ्नुपर्ने समेत बताएका छन् ।
उनले पछिल्ला केही दिनमा जनतामा उत्साहा भने देखिएको बताएका छन् । सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने बताएका छन् । उनले भने, ‘लगानी कर्ताको आत्मविश्वास जगाउनेगरी काम गर्छौं ।’